राजदूतहरुले निर्यात प्रबर्द्धन र लगानी भित्र्याउन पहल गर्नुपर्छः उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालका राजदूतहरु निर्यात प्रबर्द्धनमा भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल निर्यात व्यवसायी महासंघले आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बडूले नेपालका राजदूतहरुले विदेशमा निर्यात बढाउन प्रत्यक्ष भूमिका खेल्नुपर्ने बताएका हुन् ।महासंघले विभिन्न २० वटा देशका लागि नवनियुक्त राजदूतहरूसँग नेपालको निर्यात बढाउने विषयमा आज अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा बोल्दै मन्त्री बडूले भने, ‘राजदूतज्यूहरूले न