भदौ ४ देखि एकीकृत कारोबार गर्दै ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । यी दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव असार ३ गते विशेष साधारण सभामार्फत पारित गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृतिप्राप्त भएसँगै दुवै कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले एकीकृत कारोबारका लागि मिति तय गरेका हुन् । बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुवै बैंकका सहायक कम्पनीसमेत एक हुन लागेका हुन् ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई क्यापिटलको एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई क्यापिटल र बैंक अफ काठमाडौं (बिओके) क्यापिटल मार्केट एक आपसमा गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरिएको छ।...