सिमकोट- हुम्लाका विद्यार्थीहरूले मोबाइलको लाइट बालेर अध्ययन गर्नुपर्ने बाध्यता भएको पाइएको छ। जिल्लाको सिमकोट गाउँपालिका- ५ को बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूले विद्यालयले सञ्चालन गरेको कोचिङ कक्षामा मोबाइलको लाइट बालेर अध्ययन गरिरहेका छन्। हिल्दुम विद्युत वितरण केन्द्रले बेलुकाको समयमा लोडसेडिङ गर्ने गरेको कारण बेलुकाका कक्षाहरू यसरी पढ्नु परेको सोही विद्यालयमा अध्ययनरत कक्षा दशकी […]