नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमाले एकतावद्ध भइसकेपछि अरु वामपन्थी पार्टीसँग एकता हुने बताएका छन् । एमाले मिलिसकेपछि आगामी चुनावसम्म एमाले र माओवादीका बीचमा एकता हुन सक्ने ज्ञवालीको विश्वास छ । रातोपाटीसँगको भिडियो अन्तरवार्तामा हामीले ज्ञवालीलाई सोध्यौं –एमालेसँग विगतमा एक भएको माओवादी अहिले काँग्रेससँग गएको छ । आगामी चुनावसम्म फेरि माओवादीसँग एकताको सम्भावना कति छ ?जवाफमा एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘संसारमा असम्भव भन्ने कुनै चिज छैन । बाटो एउटै, उद्देश्य एउटै भ