परराष्ट्रमन्त्री डा. पौड्याल श्रीलङ्का प्रस्थान

काठमाडौँ। परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन बिहीबार कोलम्बो प्रस्थान गरेकी छन्। उनलाई श्रीलङ्काको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।