रसुवामा काँग्रेस २ पालिकामा मात्र गठबन्धन गर्ने पक्षमा

रसुवा जिल्लामा नेपाली काँग्रेसले दुई वटा पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ । जिल्लाको कुल ५ वटा पालिकामध्ये काँग्रेसले आफू कमजोर रहेको २ वटा पालिकामा मात्र तालमेल गर्ने इच्छा व्यक्त गर्दै आएको छ ।पछिल्लो समय काँग्रेसको अवस्थामा निकै सुधार आएकाले जिल्लाका सबै पालिकामा गठबन्धन गर्न नपर्ने नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले रातोपाटीलाई बताए । रसुवामा गाउँपालिकामात्र छन् । ती पालिकामा विगतको निर्वाचनको तुलनामा अहिले काँग्रेसको सांगठनिक अवस्थामा

सम्बन्धित सामग्री

सत्ता गठबन्धन पवित्र, एमालेले गरेको गठबन्धन अपवित्र : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन्। ललितपुरमा भएको गठबन्धनको कार्यकर्ता भेलामा उनले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरे। एमालेले बनाएको विपक्ष गठबन्धन अप्राकृतिक तथा अपवित्र भएको भन्दै उनले भने, 'यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक?…

कालिकोटमा तोडियो गठबन्धन

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठबन्धन बिरुद्ध उम्मेदवारी दर्ता भएको छ। गठबन्धन बिरुद्ध प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका लेखा आयोग सदस्य कासिचन्द्र वरालले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धन बाट कर्णाली प्रदेशका ...

परिपञ्च उर्फ गठबन्धन

दलहरूले राष्ट्र निर्माणका लागि नभई आफ्नो निहित स्वार्थ परिपूर्ति गर्न र अस्तित्व बचाउनका लागि गठबन्धन गरे । एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्न नसक्ने र एमालेको डरले विपरित दर्शन भएका दलहरूबीचमा गठबन्धन भयो । प्रचण्ड र माधव नेपालको भयभीत मानसिकताको उपज नै गठबन्धन खडा भयो । गठबन्धनबाट कांग्रेसलाई भन्दा बढी फाइदा माओवादीलाई भयो । तर गठबन्धन गर्नुपर्ने […]

गठबन्धन कि ठगबन्धन

गठबन्धन भन्ने शब्द अहिले नेपाली राजनीतिमा अत्यन्तै प्रचलित बनेको छ। नेपाली शब्दकोश अनुसार गठबन्धन भनेको कुनै स्वार्थसिद्धिको लागि गरिने आपसी साँठगाँठ भन्ने बुझिन्छ। यो शब्द नेपाली राजनीतिमा पहिले पहिले पनि नआएको होइन तर यसपालि यो राजनीतिमा राम्रै भिजिरहेको छ। अझ विगत दश महिनादेखि यसले ज्यादा स्थान पाएको छ। जब नेपाली काङ्ग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत […]

सोचेझैँ गठबन्धन रैनछ

काठमाडौँ: सत्तारुढ पाँच दलले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा होमिने निर्णय गरेका थिए। तर, केन्द्रको निर्णय सबै स्थानीय तहमा पालना भएन। हुन त गठबन्धन सबै स्थानमा तालमेल हुन नसक्नेमा ढुक्क थियो पहिलै। त्यसैले सकेसम्म तालमेल नभए मित्रवत् प्रतिस्पर्धाको पक्षमा थियो सत्ता गठबन्धन। उक्त सहमति पालना नभए कारबाही हुने चेतावनीका बाबजुत…

विराटनगरमा नाम मात्रैको गठबन्धन

विराटनगर महानगरपालिकामा पाँचदलीय गठबन्धन नाम मात्रको देखिएको छ। सरकारमा सहभागी ५ वटा दलले गठबन्धन गरेको भनिए पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन व्यवहारिक रुपमा देखिएको छैन।...

मोरङमा ‘खिचडी’ गठबन्धन

विराटनगर महानगरपालिकामा केन्द्रबाटै प्रमुख र उपप्रमुखमा गठबन्धन गरेको भएपनि वडामा दलहरुले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।  वडामा अब कुनै पनि खालको गठबन्धन नहुने काँग्रेसले जनाएको छ । काँग्रेस विराटनगरका सभापति दीपक चापागाईंले प्रमुख उपप्रमुखमा पनि केन्द्रले गरेको कारण गठबन्धन गरेपछि मानेको भएपनि वडामा अब स्वस्थ प्रतिस्पर्धा गर्ने बताए । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नागेश कोइरालाले पनि वडामा गठबन्धन हुन सक्ने सम्भावना कमजोर बनेको बताए । माओवादी केन्द्र विराटनगरका

गठबन्धन बैठक बालुवाटारमा जारी

सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो । गठबन्धन कार्यदलको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै तालमेलको विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय गठबन्धन भित्रका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गरिरहेको भन्दै त्यसलाई गठबन्धन भित्र नै तालमेल गरेर अघि बढ्नुपर्नेमा बैठकले जोड दिने नेताहरुले बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकैदिन हुँ

भरतपुर महानगरपालिकामा गठबन्धन गर्ने सहमति

चितवनको भरतपुरमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने पाँच दलीय गठबन्धन सहमत भएको छ । मंगलबार नेपाली काँग्रेसका भरतपुर महानगरपालिका सभापति चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले महानगरमा गठबन्धन गरेर जाने सहमति गरेको हो ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रबाट नै गठबन्धनले सहमत गरेको छ । सोही अनुसार जिल्ला र स्थानीय तहमा गठबन्धन गर्न दलहरु छलफलमा जुटेका छन् ।

‘सत्ता गठबन्धन टुटेको छैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अहिले नै गठबन्धन नटुटेको बताएका छन्। बिहीबार राति नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफलपछि बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले अहिले नै गठबन्धन नटुटेको र एमसीसी प्रस्ताव गठबन्धन सरकारले ल्याएको बताए। ‘अहिले नै यो गठबन्धन टुटेको छैन। गठबन्धन कायमै छ,’ उनले […]