लमजुङ : जिल्लाका थप दुई स्थानीय तहमा मौरी ब्लक कार्यक्रम सञ्चालन भएको छ। जिल्लाको मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका गरी दुई क्षेत्रमा मौरीब्लक कार्यक्रम सञ्चालन भएको हो।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चालु आर्थिक वर्ष ०७७-७८ मा उक्त दुई पालिकामा मौरी ब्लक कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको हो। दुई पालिकमा मौरी ब्लक कार्यक्रमका लागि परियोजनाबाट २०-२० लाख बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।केन्द्रले मौरीपालक किसानको ५० प्रतिशत लगानी र