अछाम र धादिङका दुई स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत फेरिए

काठमाडौँ । वैशाख ३० को स्थानीय निर्वाचनका लागि खटाइएकामध्ये अछाम र धादिङका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत फेरिएका छन् । निर्वाचन आयोगले हिजो (सोमबार) निर्णय गर्दै अछामको मङ्गलसेन नगरपालिकामा अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको ठाउँमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठलाई पठाएको छ । त्यस्तै धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा हेरफेर गर्दै विशेष सरकारी […]

सम्बन्धित सामग्री

मनोनय दर्ताको पहिलो दिन : बागलुङका निर्वाचन अधिकृत कार्यालयहरु सुनसान

११ वैशाख, बागलुङ । बागलुङका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन भए पनि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नआएको निर्वाचन अधिकृतहरु बताउँछन् । राजनीतिक दल र उम्मेदवारलाई सहज होस् […]

‘आचारसंहिता दलहरूले आफ्नै लागि बनाएको हो’

बागलुङ : दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्। सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगेका हुन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ।कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायत विषयमा छलफल थालेका छन्।राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपा

स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । स्थानीय तह निर्वाचन गराउन ७ सय ५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेको आयोगले जानकारी दिएको छ । हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन् । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने छन् […]

स्थानीय तहमा उम्मेदवारी दिँदा १९ बुँदे स्वघोषणा गर्नुपर्ने निर्णय

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो । निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य

जिल्लामा तोकियो निर्वाचन अधिकृत

बैतडी । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकेको छ । आयोगले सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत रहने गरी देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको ज्येष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय […]

कमाउ अड्डाका कर्मचारी निर्वाचन अधिकृत भएर जान मानेनन्

विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ ।७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ । तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्डाका रूपमा रहेका वैदेशिक रोजगार

यी हुन् मोरङका स्थानीय तहमा तोकिएका निर्वाचन अधिकृत

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम आयोगले मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साललाई मोरङ जिल्लाको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो।...

सुदूरपश्चिमका स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत, कसलाई कहाँ खटाइयो ?

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि प्रदेशका ९ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ वटा स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका हुन्

स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत तोकियो

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले एक मुख्य निर्वाचन अधिकृत र नौ जना निर्वाचन अधिकृत तोकेको हो ।

उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै

काठमाडौं, चैत १२। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा निर्वाचन अधिकृत महिला मात्रै राख्ने तयारी गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “तेस्रो रणनीतिक योजना, लैङ्गिक मैत्री चुनाव र समावेशिताप्रति आयोग […]