स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन् । दलहरुबीच चुनावी तालमेलको गृहकार्य पनि भइरहेको छ । अहिलेसम्मको अवस्थामा सत्तारुढ गठबन्धन र एमालेबीच निर्वाचनमा प्रतिस्पर्धा हुने देखिएको छ ।रुपन्देहीमा पनि नेकपा एमाले एक्लिएको अवस्था छ । सत्तारुढ गठबन्धनले यहाँ पनि साझा उम्मेदवारीको तयारी गरेका छन् भने एमालेले कोसँग चुनावी तालमेल गर्छ भन्ने प्रस्ट भइसकेको छैन । विगतमा एमालेको बाहुल्यता रहेको यो जिल्लामा एमालेलाई पराजित गर्ने रणनीतिसहित सत्तारुढ गठबन्धन