काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले सत्ता गठबन्धनले बालुवाटारमा रमिता गरेर बसेको टिप्पणी गरेका छन्। देशभर डेंगुको प्रकोपले जनता आक्रान्त भइरहेका बेला सरकार सिट बाँडफाँटमा भुलेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘बालुवाटारमा रमिता छ। डेंगुको फैलावटले जनता हैरान छन्। सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए पछि कांग्रेसभित्रकै डेंगुबाट त्राहीमाम छन्।’समानुपातिक तर्फको उम्मेदवार चयनमा देउवाले एकलौटी गरेको भन्दै डा.