यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका सिरहाका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेदवार धर्मनाथ महतो र उपमेयर पदका उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।नेकपा एसकै तर्फबाट वार्ड नम्बर ६ का वडा अध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए । त्यसैगरी स्वतन्त्र