भारतीय सेनाध्यक्ष पाण्डेद्वारा २२ करोड ३८ लाख बराबरका सैनिक सामग्री हस्तान्तरण

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन् । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उनले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित सामग्री

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई सैनिक सामग्री हस्तान्तरण

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार वटा घोडासहित  २२ करोड ३८ लाख रुपैयाँ बराबरको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन् ।