अफगानिस्तानको तालिबान सरकारमा अन्तःसंघर्ष चर्किएको खबर आइरहेको बेलामा उपप्रधानमन्त्री मुल्ला बारादरलाई बन्धक बनाइएको खबर आएको छ ।
बेलायती पत्रिका द स्पेक्टेटरले तालिबानका सर्वोच्च नेता हैबतुल्ला अखुन्दजादा मरेको खबर पनि दिएको छ । तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।
हक्कानी नेटवर्कसँग सत्ताका लागि संघर्ष भएकोमा तालिबान पराजित भएको पत्रिकाको दाबी छ । पाकिस्तानको गुप्तचर संस्था आईएसआईले पनि हक्कानी नेटवर्कलाई समर्थन गरेको छ ।
अघिल्लो साता काबुलस्थित राष्ट्रपति भवनमा संघर्ष हुँदा बारादर घाइते भएको ...