हिमपात नहुँदा सेताम्मे हिमाल बने कालाे पहाड

ताप्लेजुङ – मङ्सिरको अन्तिम हप्तादेखि माघको अन्त्यसम्म सेताम्मे देखिने ताप्लेजुङका हिमाल यस सिजनमा कालाे पहाड बनेका छन् । यस वर्ष माघको दोस्रो हप्तासम्म हिमाली क्षेत्रमा हिउँ नपर्दा सेताम्मे हुने हिमालहरु नाङ्गा डाँडा जस्तै भएका छन् । फक्ताङलुङ गाउँपालिका–१ सवादिनका ६० वर्षीय विद्या खड्काले जीवनमा यस्तो साह्रै हिउँ नपरेर हिमाली डाडाँहरु नाङ्गिएको पहिलो पटक अनुभव गरेको बताउनुभयो । हिमाल काला पहाड बन्न थालेकामा रविकला माविका अवकाशप्राप्त प्रधानाध्यापक खड्का चिन्तित हुँदै यही अवस्था रहे हिमालको स्वरुप नै बद...