काठमाडौं : व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० केजी सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। यदि सुन प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा कानुनअनुसार आफू कारबाही भोग्न पनि तयार रहेको उनले बताए। पत्रकार सम्मेलनमार्फत उनले आफ्नो नाम जोडेर गिरोहलाई जोगाउन खोजिएको भन्दै चिन्तासमेत व्यक्त गरे।त्यस्तै, उतले विभिन्न किसिमका प्रकाशित समाचारप्रति पनि खेद प्रकट गरे। सुन ल्याउने गिरोहसँग आफ्नो कुनै प्रकारको चिनजान र बसउठसमेत नरहेको पनि उनले प्रष्टीकरण दिए।&lsquo