मुन्धुम निर्देशित चासोक तङ्नामः याक्थुङ सभ्यता सम्झाउने चाड

याक्थुङ लिम्बू समुदायले अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चोखो नयाँ अन्न चढाएर पूजा गर्दछन् । अन्नबाली खेती गर्न सिकाउने पुर्खा सम्झेर मनाउने चासोक तङ्नाम अन्नबाली भित्र्याउँदाको उत्सव र कृषि युगसँग जोडिएको मुन्धुमी विरासत हो ।