जिल्ला स्तरमा सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति भएलगत्तै नेकपा माओवादी केन्द्र गुल्मीले चार वटा गाउँपालिकाको प्रमुख पदको उम्मेदवारहरूलाई अगाडी सारेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकामा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य युवराज केसी (बसन्त) लाई अगाडि सारेको छ । केसीले पालिकामा बौद्धिक र विकास प्रेमी नेताको छवि बनाएका छन् । अघिल्लो निर्वाचनमा समेत पालिका प्रमुखको उमेदवार रहेका उनी काँग्रेस, एमालेसँग एक्ला-एक्लै भिड्दा तेश्रो शक्ति भएपनि काँग्रेसकै हाराहारीमा मत प्राप्त गरेका थिए