शनिबार हुने सातौं नेपालगन्ज म्याराथनमा चर्चित कलाकार राजेश हमाल पनि सहभागी हुने भएका छन् । म्याराथन सहभागीको हौसला बढाउन अभिनेता हमालको विशेष उपस्थिति रहने आयोजक नेपालगन्ज म्याराथन/क्रिएटिभ ह्यान्ड्सले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
काठमाडौं, ४ फागुन । नेपाल एयरलाइन्सले फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगन्ज–सिमकोट–नेपालगन्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्नेगरि सिमकोटबाट परीक्षण उडान गर्न लागेको हो । परीक्षण उडानको लागि सबै तयारी पूरा भएको निगमले जनाएको छ । सिमकोट–सुर्खेत हवाई उडान भएपछि हुम्लावासीलाई सहज हुनेछ । […]
रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगन्ज जाँदैछन् । बाँके र बर्दिया जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली नेपालगन्ज जान लागेका हुन् । नेपालगन्जको तारे होटल सिद्धार्थ भ्यूमा राखिएको अगुवा कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको एमाले बाँके जिल्ला कमिटीका उपाध्यक्ष किस्मत कुमार कक्षपतीले जानकारी दिए । भेलालाई अध्यक्ष ओलीसहित […]
‘सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल’ प्रतियोगिता शुक्रबारबाट नेपालगन्जमा सुरु हुँदैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलभित्र हुन लागेको उक्त प्रतियोगितामा तीन विभागियसहित कुल पाँच वटा टिम सहभागी हुँदैछन् । प्रतियोगितामा सहभागी हुन पाँचवटै टिमका खेलाडी बिहीबार नेपालगन्ज पुगिसकेको प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
४ मंसिर, काठमाडौं । मंसिर ६ गते शनिबार हुने छैटौं नेपालगन्ज म्याराथनको सम्पूर्ण तयारी तयारी पूरा भएको छ । आयोजकले बिहीबार नेपालन्जमा पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी पूरा भएको जानकारी दिएको हो ।
एक्सन एड नेपालको …
शनिबार हुन लागेको छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको आयोजकले बताएको छ। बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आयोजक क्रियटिभ ह्यान्ड्सले तयारी पूरा भएको घोषणा गरेको हो।