काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती)ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्वास्थ्य प्रणाली चिन्तजनक रहेको बताउनुभयो । उहाँले एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । उहाँले स्वास्थ्य प्रणाली व्यवस्थित […]