एके ४७ सहित काबुलमा गस्ती गर्दै तालिबानी लडाकु

अफगानिस्तान- दुर्गम पहाडका गुफाहरूमा लुक्ने विगतका तालिबानी लडाकुहरू अहिले काबुलका सडकमा सैन्य पोशाकमा गस्ती गरिरहेका भेटिन्छन् । एकपछि अर्का लडाकुहरू अहिले काबुलका मुख्य सडकमा गस्तीमा भेटिन थालेका छन् । अफगानिस्तानमा आएको राजनीतिक परिवर्तनपछिको यो एउटा सङ्क्रमणकालीन परिदृष्य हो । पूर्ववर्ती अस्रफ घानीको सरकारका पालामा काबुलमा दैनिक जस्तो डकैती, अपहरण र हमलाका घटनाहरू घटिरहेका हुन्थे । […]