श्रमिकका गुनासो सम्बोधन गर्न श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्बोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् ।साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सेलर (श्रम) र श्रम सहचारीहरुको अभिमुखिकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले श्रमिकहरु दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो रहेको बताउँदै श्रमिकका समस्या समाधानका […]

सम्बन्धित सामग्री

श्रमिकका गुनासो सम्बोधन गर्न श्रममन्त्रीको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासो सम्बोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सिलर (श्रम) र श्रम सहचारीहरूको अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो रहेको भन्दै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगार दाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीले सहजीकरण गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले काउन्सिलर र श्रम सहचारीहरू विदेशी कानून तथा आप्रवासी कामदारको मुद्दाबारे जानकार हुनुपर्नेमा जोड दिए । अभिमुखीकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगार सम्बन्धी कानून लगायतबारे विज्ञहरूले प्रशिक्षण दिएका थिए । विदेशमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानूनी  व्यवस्था छ । मन्त्रालयले साउदी अरेबिया, रियादको काउन्सिलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीनबन्धु सुवेदीका साथै बहराइनको श्रम सहचारीमा जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेललाई नियुक्त गरेको हो । काउन्सिलर तथा सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिम मूल्यांकनबाट मन्त्रिस्तरीय निर्णयले सिफारिश गरिएको हो । माघ १९ गते सूचना प्रकाशित गर्दै ‘काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३’ अनुसार आवेदन माग गरिएको थियो । यसैबीच, मन्त्री श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुन:संरचना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रम मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले कोषप्रति रोजगारदाता कम्पनी र श्रमिकको आकर्षण बढाउनुपर्ने बताएका हुन् । रोजगारदाता र योगदानकर्ताको आकर्षण बढाउन कोषका योजनालाई पुनरवलोकन गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । कार्यक्रममा मन्त्रालयका सचिव अर्यालले आकर्षक सुविधा र योजना ल्याएर कोषले सामाजिक सुरक्षाको प्रत्याभूति हुने विश्वास रोजगारदाता र योगदानकर्तालाई दिनुपर्ने बताए । कोषमा रहेको रकमको परिचालन, लगानी र त्यसबाट आउने प्रतिफलको व्यवस्थापनलगायत विषयमा पनि नयाँ व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । सामाजिक सुरक्षाविज्ञ कृष्ण आचार्यले सामाजिक सुरक्षा कोषले साना तथा मझौला उद्योगका रोजगारदाता र श्रमिकलाई समेट्नेगरी आकर्षक सुविधा तथा योजना ल्याउनुपर्ने बताए । कोषको संरचनात्मक सुधार तथा कोषमा रहेको रकमको परिचालन र लगानी व्यवस्थाबारे पनि पुनरवलोकन गर्नुपर्ने सुझाव उनले दिए । ‘सहभागिता, योगदान र सामाजिक सुरक्षा’को अवधारणा अनुसार ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम श्रमिक र रोजगारदाता दुवै लाभान्वित हुनेगरी अघि बढाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।