प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको औपचारिक भ्रमणको दोस्रो दिन राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा फूलामाला अर्पण गहेका छन् । शनिबार बिहान १०ः२५ बजे राजघाट पुगेका देउवा लगायत नेपाली प्रतिनिधिमण्डलले श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौनधारण गरेका थिए । राजघाटपछि प्रधानमन्त्री देउवा भारतीय समकक्षीलाई भेट्न हैदराबाद हाउस पुगेका छन् । प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।