काठमाडौंको साँखुमा मानव कंकाल फेला

काठमाडौंको शंखरापुर नगरपालिका–३ साँखुस्थित वनमा मानव कंकाल भेटिएको छ । फेदी वनमा खहरे खोला नजिकै फेला परेको शवको कम्मर मुनिको भाग मात्रै देखिएको छ ।प्रहरी प्रभाग साँखुबाट खटिएको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

सम्बन्धित सामग्री

नवलपुरको जंगलमा भेटियो मानव कंकाल

पूर्वी नवलपरासीको देवचुली नगरपालिका १० को जंगलमा मानव कंकाल भेटिएको छ । गाउँदेखि केही परेको जंगलमा पुरुषको जस्तो देखिने मानव कंकाल फेला परेको हो ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक...

वनमा मानव कंकाल भेटियो

सुर्खेतको भेरीगंगा नगरपालिकाको एक सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। बिहीबार दिउँसो साढे १२ बजेतिर भेरीगंगा–१० को गौरीशंकर सामुदायिक वनको सात्तलेमा मानव कंकाल फेला परेको हो।...

सुर्खेतमा फेला पर्‍यो मानव कंकाल

५ साउन, सुर्खेत । सुर्खेतको सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ । भेरीगंगा नगरपालिका–१०, साततलेस्थित गौरीशंकर सामुदायिक जङ्गलमा बिहीबार दिउँसो मानव कंकाल भेटिएका कर्णाली प्रदेश प्रहरीले जानएको छ । प्रदेश प्रहरी कार्यलयका प्रवक्ता एवंम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार स्थानियहरुले च्याउ खोज्न गएको बेला मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर […]

प्युठानमा फेला पर्यो मानव कंकाल

२५ पुस, प्युठान । प्युठानको तिखाचुली सामुदायिक वनमा आज बिहान मानव कंकाल फेला परेको छ । उक्त कंकाल गत भदौ १२ गतेदेखि हराएका गौमुखी गाउँपालिका–५ रजवाराका ४२ वर्षीय हिमाल गुरुङको भएको प्रहरीले जनाएको छ । पाइन्ट, टिसर्ट र चप्पलबाट उनको पहिचान गरिएको प्रहरीको भनाइ छ । घरदेखि अन्दाजी करिब ५ घण्टा पैदल दुरीमा पर्ने वनमा […]

सल्यानको जंगलमा मानव कंकाल फेला

सल्यान : सल्यानको कुमाख गाउँपालिका–७ जिमालीस्थित काउले खोलामा मानव कंकाल फेला परेको छ।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा कुहिएको अवस्थामा पुरुषको कंकाल शनिवार फेला परेको हो। स्थानीयले जंगलमा घाँस काट्ने क्रममा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।बाटोबाट झन्डै २० मिटर तल खोल्सामा फेला परेको कंकाल कुमाख गाउँपालिका–७ जिमालीका अन्दाजी ६० वर्षीय गंगाराम नाथको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी श्यामप्रकाश यादवले जानकारी दिए।घटनास्थलबाट प्रहरीले जुत्ता, कपडा,

भक्तपुरको चाँगुनारायणमा मानव कंकाल भेटियो

७ मंसिर, भक्तपुर । भक्तपुरको चाँगुनारायणमा मानव कंकाल भेटिएको छ । मंगलबार बिहान १०: ५० बजे चाँगुनारायण नगरपालिका-९ स्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए । उनका अनुसार वनमा लप्सीको रुखको फेद नजिकै ५ फिट ६ इन्च लामो मानव कंकाल फेला परेको हो । नजिकैको […]

भक्तपुरमा लप्सीको रुखमा डोरी चुँडिएर भुँईमा झरेको अवस्थामा मानव कंकाल फेला

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा लप्सीको रुखमा डोरी चुँडिएर भुईमा झरेको अवस्थामा मानव कंकाल फेला परेको छ। भक्तपुर प्रहरीका अनुसार पाँच फिट ६ इन्चको मानव कंकाल फेला परेपनि सनाखत हुन सकेको छैन। उक्त रुखको हाँगामा डोरी चुँडिएको अवस्थामा रहेकाले झुन्ड्याएर मारेको वा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। प्रहरीका अनुसार घटनास्थलबाट एचपी इन्भेन्ट […]

चितवनमा मानव कंकाल फेला

चितवनमा मानव कंकाल फेला परेको छ। भरतपुर महानगरपालिका-६ स्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक बन भित्र आज (शनिबार) दिउँसो जंगली जनावरले खाएको जस्तो देखिएको मानब कंकाल (खप्पर केही हड्डी) फेला परेको चितवन प्रहरीले जनाएको छ।

भक्तपुरको जंगलमा मानव कंकाल फेला

भक्तपुरको सूर्यविनायक जंगलमा आज मानव कंकाल फेला परेको छ ।  काफलको रुखमुनि कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  सो काफलको रुखमा नाम्लोसहितको जोरी झुण्डिएको, त्यसको तल मानिसको दुईवटा लामा हड्डी, रातो रंगको चप्पल र नजिकै झाडीमा हिलो लागेका कपडाहरू भेटिएको प्रहरीले जनाएको छ ।  ती कंकालहरु परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुर पठाइएको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सगरमाथामा सेनाले फेला पार्यो मानव कंकाल

काठमाडौं : नेपाली सेनाले सगरमाथामा मानव कंकाल फेला पारेको छ। नेपाली सेनाको नेतृत्वमा चलिरहेको ‘सफा हिमाल अभियान–२०२१’ अभियान अन्तर्गत सगरमाथा सफाइ क्रममा मानव कंकाल फेला परेकाे सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।२८ वैशाखमा दोस्रो क्याम्पमा दायाँ हात र बायाँ पाखुरा भेटिएको हो। दोस्रो क्याम्पमा भेटिएको मानव कंकाल हेलिकोप्टरमा लुक्ला पठाइएको छ। त्यसलाई व्यवस्थापन गर्ने थप प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय, लुक्लालाई बुझाएको सेनाले जनाएको छ।