नेपालमा ट्राफिक लाइट (बत्ती)को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्दा सवारी दुर्घटना र अनाहक कारबाहीसँगै ‘जाम’ को सास्ती भोग्ने गरेका छन् ।महानगरीय ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी सडक तथा सवारी व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटको उचाइ नै स्पष्ट नहुँदा यस्तो समस्या देखिएको बताउ