राजमार्ग पुनः अवरुद्ध गर्दै जनमत आन्दोलित

सिके राउत नेतृत्वको जनमत पार्टीले फेरि पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलन थालेको छ । बिहीबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर गरेको आन्दोलनले लामो दुरीका सवारीसाधन ठप्प छ ।मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका राजमार्गमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् । जनमतका कार्यकर्ताले शान्तिपूर्ण आन्दोलन गरिरहेको भने पनि सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी समेत दिएका छन् । राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका