अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी

दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहँुदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् । स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ ।

सम्बन्धित सामग्री

फलफूल र तरकारी स्रोतमै महँगो

काठमाडौं । फलफूल र हरियो तरकारीको भाउ बढेर छोइनसक्नु भएको छ । फलफूल र तरकारीको मूल्य अचाक्ली बढ्नुमा ढुवानी भाडा, फितलो बजार अनुगमन र ती वस्तु आयात गर्ने स्रोत मुलुक भारतमा भएको मूल्य वृद्धिको हात रहेको व्यवसायी बताउँछन् । इन्धनको मूल्यले गर्दा ढुवानी भाडा पनि अकाशिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो १ महीनामा केरा, स्याउ, मेवा, खर्बुजा, अंगुर र सुन्तलालगायत फलफूलको मूल्य ह्वात्तै बढेको छ । महीना अघिसम्म सय रुपैयाँ दर्जनमा पाइने केरालाई अचेल २ सय रुपैयाँ पर्न थालेको छ । २ सय ५० रुपैयाँ किलोमा पाइने फुजी स्याउको मूल्य थोक बजारमै प्रतिकिलो २ सय ७५ रुपैयाँसम्म पुगेको छ । यसको खुद्रा मूल्य ३ सय ५० देखि ३ सय ८० रुपैयाँसम्म छ । त्यसैगरी, १ सय ९० रुपैयाँ किलोमा पाइने कालो अंगुरको थोक मूल्य २ सय २० रुपैयाँ छ । खुद्रा बजारमा व्यवसायीले आफूखुशी २ सय ५० देखि २८० रुपैयाँसम्म लिन्छन् । महीनाअघि सय रुपैयाँ किलो रहेको हरियो अंगुरको मूल्य अहिले १ सय ४५ रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै कागतीको मूल्य बढेको छ । १ महीनाअघि किलोको २ सय ५० रहेको कागतीको थोक मूल्य अहिले ३ सय २५ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा त ५ सय रुपैयाँसम्म तिर्नु परेको उपभोक्ताको गुनासो छ । भारतबाट कागती आयात गर्दै आएका व्यवसायी हरीश शर्माले गर्मी बढेसँगै भारतीय बजारमा कागतीको माग बढेको  तर उत्पादन घटेकाले उतै बढी तिर्नु परेको बताए । कागतीे आयात घटेपछि मूल्य बढेको उनी बताउँछन् । ‘ढुवानी भाडाले मूल्य बढेकै थियो, त्यसमाथि उतैबाट बढेर आयो,’ शर्माले भने । समितिको तथ्यांकअनुसार कालीमाटीमा १ महीना अघिसम्म दैनिक १५ टन हाराहारी कागती आउँथ्यो । अहिले ५/६ टन मात्रै आउँछ । नेपालमा ५ हजार ४४५ हेक्टर जमीनमा कागती खेती हुने गरेको सरकारी तथ्यांक छ । त्यसबाट ४६ हजार १ सय १८ टन कागती उत्पादन हुने गर्छ । हरियो तरकारीको भाउ पनि छोइनसक्नु छ । १ महीनाको अवधिमा स्थानीय काउलीको भाउ किलोमै ७० रुपैयाँ बढेको छ । १ महीनाअघि १५ रुपैयाँ रहेको स्थानीय काउलीको मूल्य अहिले किलोको ८५ रुपैयाँ छ । १५ रुपैयाँ किलोमा पाइने गाजरको मूल्य बढेर ३० रुपैयाँ कायम भएको छ । ७० रुपैयाँ किलोको सिमी ८५ रुपैयाँ पुगेको छ । ५० रुपैयाँको मटर कोसाको मूल्य ७० देखि ८० रुपैयाँ पुगेको पाइएको छ । मूल्यवृद्धिमा उपभोक्ता अधिकारकर्मी भने फरक तर्क गर्छन् । बजार अनुगमन गर्ने जिम्मेवारी पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी चुनावको तयारीमा बाहिरी जिल्लामा खटिएकाले अनुगमन फितलो भई व्यापारीले मनपरी मूल्य बढाएको उनीहरू जिकीर गर्छन् ।

कर्मचारी चुनावी तयारीमा खटिँदा बजार अनुगमन फितलो

काठमाडौं । उपभोक्ताको अधिकार संरक्षणको क्षेत्रमा काम गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी स्थानीय तहको चुनावको तयारीका लागि बाहिरी जिल्लामा खटिँदा काठमाडौं उपत्यकामा बजार अनुगमनको काम प्रभावित भएको छ । विभागका अनुगमन शाखा निर्देशक हरि पंगेनीसहित अन्य चार कर्मचारी स्थानीय चुनावका लागि बाहिरी जिल्लामा खटिएपछि बजार अनुगमनको काम फितलो भएको हो । सरकारले उपभोक्ताको अधिकार संरक्षणलाई भन्दा पनि चुनावलाई बढी महत्त्व दिएको मौका छोप्दै व्यापारीले उपभोग्य वस्तुमा मनपरी मूल्य असुल्न थालेको उपभोक्ताको गुनासो छ । विभागका सहायक सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार अहिलेसम्म पंगेनीसहित अन्य चार कर्मचारी निर्वाचन अधिकृतका रूपमा चुनावी तयारीमा खटिइसकेका छन् । यद्यपि अहिले नै बजार अनुगमन प्रभावित नभएको उनको दाबी छ । केही दिनमै अन्य कर्मचारी समेत चुनावका लागि खटिनुपर्ने अवस्था आएपछि भने अनुगमनमा कमी आउन सक्ने उनले बताए । उपभोक्ता अधिकारकर्मीहरूले भने अनुगमन शाखा निर्देशकलाई नै चुनावी तयारीका लागि खटाएर सरकारले उपभोक्ताको अधिकारमाथि खेलबाड गरेको बताएका छन् । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारको प्राथमिकतामा उपभोक्ता नपर्दाको परिणाम उपभोक्ताले मनपरी मूल्यवृद्धिको सास्ती खेप्नुपरेको बताए । प्रभावकारी अनुगमन नहुँदा व्यापारीहरूले उपभोक्तासँग मनपरी मूल्य असुल्न थालेको उनको भनाइ छ । व्यापारीहरूले यतिबेला खाद्यान्न, फलफूल, तरकारी र माछामासुमा चर्को मूल्य तोक्न थालेको पाइएको छ । खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले अहिले बजारमा उपभोग्य वस्तुको मूल्य महँगो हुनुमा इन्धनको मूल्यवृद्धिपछि ढुवानी भाडा बढ्नु र चुनावको नजिक बजार अनुगमन प्रभावकारी रूपमा नहुनु जस्ता कारण देखाए । १ वर्षको अवधिमा खानेतलेको मूल्य करीब ६० प्रतिशतसम्म बढिसकेको उनले बताए । संघको मूल्यसूची अनुसार एक महीनाअघिको तुलनामा खानेतेलको मूल्य प्रतिलिटर १० देखि १५ रुपैयाँसम्म बढेको छ । यसैगरी चामलको मूल्य प्रतिबोरा ५० रुपैयाँसम्म बढेको छ । दालमा पनि प्रतिकिलो ५ देखि १० रुपैयाँ बढेको छ । वस्तुको मूल्य कम्पनीबाट बढेर नगएको भए पनि बजारमा मूल्यवृद्धि भइरहेको छ । इन्धनको मूल्य बढ्नेबित्तिकै ढुवानी व्यवसायीले भाडा बढाउन थाल्छन्, जसको प्रत्यक्ष असर वस्तुको मूल्यमा समेत पर्ने भएकाले त्यसको सबैभन्दा बढी मारमा उपभोक्ता पर्ने गरेको तुलाधरले बताए । ‘व्यापारीहरूसँग पनि कुनै विकल्प छैन, आफ्नो परल मूल्य अनुसार सामान बेच्नैपर्‍यो,’ उनले भने, ‘त्यसो हुँदा उपभोक्ताको सबैभन्दा बढी गुनासो हामीले नै सुन्नुपर्छ ।’ कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूची अनुसार १ महीना अघिसम्म १९० रुपैयाँ किलोमा पाइने कालो अंगुरको मूल्य अहिले थोक बजारमै २२० रुपैयाँ छ । खुद्रा बजारमा प्रतिकिलो २५० रुपैयाँसम्ममा विक्री भइरहेको पाइएको छ । हरियो अंगुरको मूल्य पनि प्रतिकिलो ३५ रुपैयाँ बढेर १४५ रुपैयाँ पुगेको छ । थोक बजारमा प्रतिदर्जन १५० रुपैयाँमा पाइने केराको मूल्य खुद्रा बजारमा १९० रुपैयाँसम्म पर्न थालेको छ । प्रतिकिलो १६ रुपैयाँमा पाइने गाजरको मूल्य ३० रुपैयाँ पुगेको छ । यस्तै प्रतिकिलो ४० रुपैयाँको काउलीको मूल्य ७० रुपैयाँसम्म पुगेको छ भने कागतीको मूल्य प्रतिकिलो १९० रुपैयाँबाट ३३५ रुपैयाँसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यापार समितिका अध्यक्ष गीताप्रसाद आचार्यले अहिले हिउँदे तरकारी सकिने बेला भएको र नयाँ सिजनको तरकारी बजारमा आइनसकेकाले मूल्य बढेको बताए । भारतीय बजारबाट आयात हुने कतिपय तरकारीको मूल्य भने उतैबाट महँगिएर आएकाले यहाँ पनि महँगो भएको उनले जानकारी दिए । हाल माछामासुको मूल्य पनि चर्को रूपमा बढेको छ । ब्रोइलर कुखुराको मासुको मूल्य पछिल्लो समय प्रतिकिलो ४३० रुपैयाँसम्म पुगेको छ । गतवर्षको यही समयमा ३५० रुपैयाँ थियो । कुखुराको दाना बनाउने कच्चापदार्थको मूल्य बढेको र पछिल्लो समय कुखुरापालक किसान घटेकाले उत्पादन घटेको छ । सोहीकारण मूल्य बढेको मासु व्यवसायी महासंघका अध्यक्ष जंगबहादुर बिसीले बताए । यसैगरी प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म पर्ने विभिन्न जातका माछाको मूल्य यतिबेला ४५० रुपैयाँसम्म पुगेको छ ।

हरियो तरकारीको मूल्य दोब्बर

काठमाडौंको बजारमा हरियो तरकारीको मूल्य एक्कासी बढेको छ । अविरल वर्षाका कारण यो हप्ता बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन नसक्दा मूल्यमा दोव्बर वृद्धि भएको हो । एक हप्ताको अवधिमा बजारमा अधिकांश हरियो तरकारीको मूल्य दोव्बरले बढेको कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले पछिल्लो समयमा तरकारीको आयात नै कम हुँदा मूल्य बढ्न गएको जानकारी दिए । “लकडाउनदेखि नै बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन सकेको छैन,” उनले भने, “यो साता मुलुकभर आएको बाढी पहिलो कारणले तरकारीको आयात न्युन हुँदा मूल्य बढ्न गएको हो ।” लकडाउनपछि तरकारीको आयात कम भएको थियो । यतिबेला तरकारीको उत्पादनको सिजन नभएको र भएको तरकारी पनि बाढीको कारणले बजारमा भित्रिन नपाउँदा मूल्यमा सामान्य बृद्धि भएको उनको भनाइ छ । बजारमा होलसेल मूल्यको तुलनामा दोब्बर खुद्रा मूल्य कायम रहेको छ । शंखमूलकी व्यवसायी पवित्रा थापाले अधिकांश हरियो तरकारीको मूल्य बढेर आएको बताइन् । “बाढीपहिरोको कारणले बजारमा पर्याप्त मात्रामा तरकारी भित्रन नसक्दा मूल्य बढ्न गएको छ,” उनले भनिन, “राति ३ बजे उठेर गए पनि होलसेलबाट हामीलाई तरकारी पाउने मुस्किल छ ।” तरकारीको मूल्य अस्वाभाविक बढ्दा त्यसको प्रत्यक्ष असर आम उपभोक्तालाई पर्न गएको छ । सामान्य अवस्थामा कालीबाटी बजारमा ६ देखि आठ सय टन तरकारी भित्रिने गरेको लकडाउनयता कम मात्रामा तरकारी भित्रिने गरेको छ । अहिले कालीमाटी बजारमा दुई सय देखि ३ सय टन तरकारी भित्रिने गरेको छ । कालीमाटी बजारमा धादिङ, काभ्रे, मकवानपुर, चितवन, लगायतका अन्य ठाउँमा तरकारी आउने गर्छ । लकडाउनका कारण अधिकांश मानिस काठमाडौंबाहिर गएकाले खपत पनि कम भएको थियो । सरकारले लकडाउनमा अत्यावश्यक वस्तुको आयातमा रोक नलगाएपनि आयात पनि कम मात्र भएको थियो । अहिले वर्षातको समयमा तरकारीको उत्पादन नै कम हुने गर्छ । बजारमा व्यवसायीले तरकारीमा कृत्रिम अभाव देखाएर मनपरी मूल्य लिई ठगिरहेको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना व्यवसायीले कृत्रिम अभाव गराएर तरकारीमा दोव्बर मूल्य बढाएको बताउँछन् । बजारमा अस्वाभाविक तरकारीको मूल्य बढे पनि बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले अनुगमन नगर्दा व्यवसायीले मनपरी मूल्य लिने गरेको उनको भनाइ छ । सामान्य अवस्थामा उत्पत्यकामा आठ सय देखि एक हजार मेट्रिक टन तरकारी खपत हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठुलो परिणाममा छिमेकी मुलुक भारतबाट तरकारी भित्रिने गरेको छ । यता, फलफूलको मूल्य पनि बढेको छ । आँपको सिजन सकिएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाई छ । बजारमा आयात कम हुँदा केरा र स्याउको मूल्य पनि बढन गएको व्यवसायीको भनाई छ । तरकारीको होलसेल र खुद्रा मूल्य (प्रतिकेजी) तरकारी होलसेल खुद्रा भिन्डी ६० १०० बन्दा ३८ ५० स्थानीय काउली ९५ १५० भन्टा लाम्चो ८० १२० घ्यू–सिमी ८० १५० परवर ९० १५० घिरौंला ५० ९० आलु रातो ५५ ७० बोडी ६० ११० गोलभेंडा २० ४० स्रोतः कालीमाटी बजार र स्थानीय पसल

तरकारीमा व्यापारीको आफूखुसी मूल्य

उदयपुरका गाईघाट, बेल्टार, कटारी, जलजले लगायतका बजारमा तरकारीको मूल्यमा व्यापारीको मनपरी चलेको छ । चाडपर्वको बेलामौकामा अनुगमन गर्ने निकाय चाडपर्वपछि वेखबर हुँदा व्यापारीले दैनिक उपभोग्य तरकारीको मूल्य आफूखुसी राख्ने गरेका हुन् । जसलेगर्दा मूल्य पसलैपिच्छे फरक र दैनिकजसो वृद्धि हुने गरेको छ ।