सेनाद्वारा मनमोहन प्राविधिक विश्वविद्यालय हेलिकप्टर हस्तान्तरण

नेपाली सेनाले अध्ययन प्रयोजनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर हस्तान्तरण गरेको छ । प्रदेश नं. १ स्थित सो विश्वविद्यालयलाई रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि हाल प्रयोगविहीन अवस्थामा रहेको एनए-०३९ हेलिकप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपुर्जा सेनाले हस्तान्तरण गरेको हो । शुक्रबार गौचरस्थित मध्य एयर वेशमा आयोजित समारोहमा सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं.१ का सामाजिक विकास मन्त्राल

सम्बन्धित सामग्री

‘चिता’ हेलिकप्टर

मोरङ। नेपाली सेनाले मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ बुढीगङ्गालाई उपलव्ध गराएको ‘चिता’ हेलिकप्टर। उक्त विश्वविद्यालयका विद्यार्थीलाई इञ्जिनीयरिङ्ग विषय अध्ययनमा सहयोग पुगोस् भन्नका लागि हेलिकप्टर उपलव्ध गराएको हो।