सप्तरी । मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले राजविराज नगरपालिकामा राखिएका निर्वाचन प्रचार सामग्री हटाउन सुरु गरेको छ । निर्वाचन आचारसंहिताविपरीत नगरका विभिन्न ठाउँमा झुन्ड्याइएका झन्डा, पोस्टर र ब्यानर प्रहरीमार्फत हटाउन थालिएको हो ।
आचारसंहिता पालना गर्न राजनीतिक दल तथा उमेदवारहरूलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएपछि त्यस्ता सामग्री हटाउन सुरु गरिएको...