डेंगुका बिरामीले टेकु अस्पतालको शय्या भरियो, प्यासेजमा राखेर उपचार (फोटोफिचर)

डेंगु संक्रमणका कारण राजधानीको टेकु अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालको शय्या भरिएपछि आजभोलि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी हुने गरेको उपचारमा संलग्न डाक्टरले रातोपाटीलाई बताए। मनसुन सुरू भएसँगै राजधानीमा डेंगुको संक्रमण बढ्न थालेको हो । अचानक टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता आउने लगायतका डेंगुका लक्षण हुन्  । प्रेसर कम भएका, खाना नरुच्ने, रगतमा सेतो