विभिन्न सभा/समारोहमा सरोकारवाला व्यक्तिबाट अर्थतन्त्रमा सुधार हुँदै छ, अब लयमा फर्कंदै छ भन्ने गरेको सुनिन्छ । जिम्मेवार तहमा रहने व्यक्तिबाट बोलिएका विषय पक्कै पनि जायज हुनुपर्ने हो तर तथ्यांकको अध्ययन र विश्लेषण गर्ने हो भने सुधार केमा भएको रहेछ ? एउटा गम्भीर प्रश्न मनमा उब्जिरहेको छ ।