ललितपुर महानगरमा एमाले फुटको असर, समाजवादी र एमाले जुध्दा कांग्रेसलाई फाइदा

ललितपुर : ललितपुर महानगरपालिकामा मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाउँदै लगेका छन्। करिब १० हजारको अग्रता बनाइरहँदा उपमेयरमा एमालेकी मन्जली शाक्य अग्र स्थानमा छिन्।माओवादी केन्द्रका बाबुराज बज्राचार्यको ४ हजार भन्दा बढी मत छ। अन्तिम मत परिणाम आइसकेका वडाहरूमा सबैभन्दा बढी वडामा कांग्रेस विजयी भएको छ।कांग्रेस ८ वटा वडामा विजयी हुँदा एमालेले ४ वटा वडा जितेको छ। एकीकृत समाजवादी र स्वतन्त्रले २–२ वडा अध्यक्ष जितेका छन्। यहाँ गठबन्धनले कांग्रेसलाई फाइदा भए

सम्बन्धित सामग्री

एमाले-समाजवादी : केन्द्रमा फुट तर तल एकजुट, केएमसीमा गठबन्धन

धनगढी : नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रमा अझै पनि एक अर्काको अस्तित्व स्वीकार नगरिरहेको अवस्था छ।एकताका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई पार्टी नै नमान्ने अभिव्यक्ति दिएका थिए तर पछिल्लो समय भने ओली समाजवादीप्रति लचिलो बन्दै गएको देखिन्छ।यही अवस्थामा विद्यार्थीको स्ववियु निर्वाचनमा भने एमाले र समाजवादीका विद्यार्थी संगठनबीच तालमेल र गठबन्धन भएको पाइएको छ। केन्द्रमा दुबै पार्टीका नेताहरूबीच कलहको अवस्था हुँ

समाजवादी केन्द्र निर्माणको तयारीबारे एमाले नेताले दिए यस्तो प्रतिक्रिया

नेकपा एमाले बाहेकका कम्युनिस्ट पार्टीहरूबीच समाजवादी केन्द्र गठनको तयारी भइरहेको छ । समाजवादी केन्द्र गठनको विषयलाई नेकपा एमालेले भने उदेश्य विहीन यात्राको संज्ञा दिएको छ । नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले उद्देश्यहीन यात्रीहरू बीचको एकताबाट समाजवादी होइन, महा-समाजवादी केन्द्र बनाए पनि त्यसले उत्साह पैदा नगर्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमा रिजालले लेखेका छन् -'अधोगतितिर लम्किरहेका, जीवनको उत्तरार्द्धमा पुगेका, पटकपटक परीक्षण भइसकेका, आफ्नै असफलताका भारीले क

पोखरामा एमाले कि एकीकृत समाजवादी ? यस्तो छ हिसाबकिताब

८ वैशाख, पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीको जन्मै यस्तो बेलामा भयो, जतिबेला राष्ट्रिय राजनीतिमा नेकपा एमाले एकातिर र अरु दल अर्कातिर थिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटकसम्म संसद विघटन गरेपछि उत्पन्न राजनीतिक विवादले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २ भदौ २०७८ मा एकीकृत समाजवादी बनाएका थिए । मूलधारको पार्टी फुटेर […]

बागमतीका १२ एमाले सांसदले रोजे एकीकृत समाजवादी

नेकपा एमाले विभाजनपछि बागमती प्रदेशका १२ एमाले सांसदले माधव नेपालको नेकपा एकीकृत समाजवादी चयन गरेका छन्। उनीहरुले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्। हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल,...

माधव नेपालको पार्टीको नाम 'एमाले' हटाएर ‘नेकपा एकीकृत समाजवादी’

काठमाडौं : माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम परिवर्तन गरेको छ।यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम  ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ। शुक्रबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेको हो।यसअघि प्रस्तावित नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने देखिएपछि नयाँ नाम प्रस्ताव गरिएको हो। नेपालले  ‘एमाले’ र महन्थ ठाकुरले

एमाले समाजवादी दर्ता नगर्न एमालेको माग

४ भदौ, काठमाडौं । नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् । शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा […]

वामदेव गौतम नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् ।

यी हुन् नेकपा एमाले (समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरू [नामावली]

नेकपा एमालेबाट विभाजित भएर नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश जारी भएपछि नेपाल पक्ष दल दर्ताका लागि बुधवारै आयोग पुगेको हो । एमाले समाजवादी दलमा नेता नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । केन्द्रीय कमिटी ९५ सदस्यीय प्रस्ताव गरिएको छ । पढ्नुहोस् केन्द्रीय कमिटीको नामावली –

एमाले समाजवादी : माधव अध्यक्ष, झलनाथ वरिष्ठ नेता

काठमाडौं : नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा पुगेका छन्। नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराइसकेको छ। नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको छ। नेकपा एमाले समाजवादी पार्टीमा नेता नेपाललाई नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको नेता राजेन्द्र पाण्डेले बताए।आयोगमा दल दर्ता गराइएको सो पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको उनले बताए। एमालेमा रहँद

एमाले फुटाएर माधव नेपालले बनाए नेकपा एमाले (समाजवादी)

काठमाडौं, २ भदौ । नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो । फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । माधव नेपालनिकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए । नेकपा एमाले […]