बेलायती फिल्म निर्माता अल्फ्रेड हिचककले असञ्जस, द्विविधा वा शंकाको विषयमा एक पटक भनेका थिए, ‘जति सम्भव छ त्यति नै दर्शकलाई समस्यामा पार्नु ।’यस्तो लाग्छ कि भ्लादिमिर पुटिन हिचककको फिल्म धेरै हेर्ने गर्छन् । महिनौँसम्म उनले विश्वलाई रुसले युक्रेनमा हमला गर्छ कि गर्दैन भनेर अनुमान गर्न लगाए । शीतयुद्धपछि युरोपमा जुन सुरक्षा बहाल भएको थियो त्यसलाई नष्ट गर्ने योजना बन्यो वा छैन ?जब उनले यसै साता पूर्वी युक्रेनपछि पृथकतावादी क्षेत्रलाई स्वतन्त्र क्षेत्रको रुपमा मान्यता दि