काठमाडौं : तारकेश्वर नगरपालिकाको पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु-तीनपिप्लेवासीले सडक पिच गर्न सरकारले आश्वस्त पारेपछि मात्र सवारीसाधन आवागमन गर्न दिने अडान राखेका छन्। काठमाडौं महानगरपालिका लगायत निकाय र स्थानीयसँग मंगलबार छलफल गरे पनि स्थानीयहरू सडक खोल्न नमानेका हुन्।महानगरपालिकाका वातावरण विभाग प्रमुख सजिता राईका अनुसार बालाजुमा स्थानीयसँग यस विषयमा छलफल गरेको थियो। ‘छलफलमा पनि उहाँहरूले सडक खुलाउन दिनु भएन, उहाँहरूलाई सडक पिच गर्ने पूर्ण आश्वस्त पारेपछि मा