चोभार सबस्टेशन निर्माणमा भइरहेको अवरोध हट्यो

काठमाण्डाै – कीर्तिपुर नगरपालिका वडा नं ६ चोभारमा १३२ केभीको सबस्टेशन निर्माणमा भइरहेको अवरोध हटेको छ ।  नेपाल विद्युत् प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलमा रहेकाे १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीयवासीले अवरोध गर्दै आएका थिए । त्याे ठाउँमा खेल मैदानको रूपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयवासीले सबस्टेशन निर्माणमा अवरोध गर्दै आएका थिए । २०७८ माघ १७ गतेकाे मन्त्रिपरिषद्को बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेशन निर्माणका लागि ...