काठमाण्डाै – अहिले देशको पाँच सय ३० ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ । वन तथा भू संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार ६० जिल्लाका पाँच सय ३० ठाउँमा डढेलो लागिरहेको हो ।अनुगमन प्रणालीका अनुसार अहिले सबैभन्दा धेरै सिन्धुलीकाे ३१ ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ । यस्तै बर्दिया र डोटीकाे ३०/३० ठाउँमा, बाँकेकाे २९ ठाउँमा, मकवानपुरको २४ ठाउँमा, सल्यानको २१ ठाउँमा र ओखलढुङ्गाको २० ठाउँमा डढेलो लागिरहेको छ ।वन क्षेत्रमा लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल डढेर नष्ट भएको छ...