सेनाले विस्फोटक पदार्थ उपलब्ध नगराउँदा दार्चुला-तिंकर सडक निर्माण प्रभावित

२५ जेठ, दार्चुला । त्रिदेशीय सीमाक्षेत्र तिंकर नाका जोड्ने दार्चुला तिंकर सडक निर्माणका लागि तीन वर्षदेखि विस्फोटक पदार्थको अभाव देखिएको छ । प्रदेश ७ को रणनीतिक महत्वको यस निर्माणाधीन सडकका लागि नेपाली सेनाले सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा निर्माण कार्य प्रभावित बनेको हो । महाकाली करिडोर अन्तरगतको दार्चुला-तिंकर सडकखण्ड निर्माणमा …

सम्बन्धित सामग्री

दार्चुला घटना : बालकको ज्यान गएपछि भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

काठमाण्डाै - सडक निर्माणका क्रममा नेपाली बालकको ज्यान गएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको हो । दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा शुक्रवार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक ९  वर्षका पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा हिँडिरहेका ...

दार्चुला घटना : भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

दार्चुला – सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग […]