लमजुङ : बाढीले हिले बजारको १८ घर बगायो, जलविद्युत् आयोजनामा पनि क्षति

लमजुङ – लमजुङको दोर्दी गाउँपालिका ८ हिले बजारमा बाढीले क्षति पुर्‍याएकाे छ । लगातारको वर्षासँगै दोर्दी खोलामा आएको बाढीले हिले बजारकाे एक सामुदायिक भवनसहित १५ घर र हिमालयन पावर पार्टनर जलविद्युत् आयोजनाको ड्याम साइट नजिकै रहेका तीन घर पनि बगाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो । ‘एक सामुदायिक भवनसहित यस क्षेत्रका १८ घरधुरीमा बाढीले क्षति पुर्‍याएकाे छ’, उहाँले भन्नुभयो, ‘वर्षासँगै आएको बाढीले दोर्दी करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा ...

सम्बन्धित सामग्री

लमजुङको हिलेबजार - बाढीले बनाइदियो बगर ! (फोटो फिचर)

लमजुङ – दुवैतिर उच्च हरियाली पहाड । खोँच हुँदै बगेको दोर्दी खोला । खोला आडैमा रहेको लस्करै बस्ती । केही दिन पहिलेसम्म आकर्षक लाग्ने यो ठाउँ अहिले उराठ लाग्दो बनेको छ । लमजुङको सुन्दर हिलेबजार, अहिले बगरको तन्नामा लमतन्न परेको छ । एक सय १४ घरधुरी रहेको यस बजारमा अहिले २० घर घटेका छन् । असार १ गते (मंगलबार) दोर्दी खोलामा आएको बाढीसँगै बगेर गए २० घर । ‘बाढीले धेरै क्षति पुर्यायो । हिलेबजारलाई बाढीले बगर नै बनाइदियो नि,’ भावुक हुँदै स्थानीय धर्म गुरुङले भन्नुभयो, ‘यति धेरै घर...

लमजुङका ७९ घर बाढी–पहिरोको उच्च जोखिममा

लमजुङ – लमजुङका ७९ घर बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । लमजुङको बेसीसहर नगरपालिकाका १५, दोर्दी गाउँपालिकाका ५६, राइनास नगरपालिकाका दुई, मध्यनेपाल नगरपालिकाका एक र क्वहोलासोँथर गाउँपालिकाका पाँच गरी ७९ घर बाढी र पहिरोको उच्च जोखिममा रहेकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो । मनसुन सुरु भएसँगै आएको बाढीले लमजुङमा पनि क्षति पुर्‍याएकाे छ । जिल्लामा बाढी र पहिरोबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै भएको छ । ...

बाढीले लमजुङकाे दोर्दीका सात घर बगायो

सोमबारदेखि निरन्तर वर्षासँगै आएको बाढीले लमजुङका बिभिन्न ठाउँमा क्षति पुराएको छ । बाढीले मर्स्याङदी गाउँपालिका र दोर्दी गाउँपालिकामा बढी  नोक्सान पुराएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।  उनले भने...

मनाङमा बाढीले चार घर भत्कायो, ४० घर प्रभावित

लमजुङ । अविरल वर्षाका कारण आएको बाढीले मनाङ जिल्ला सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको छ । एक घरमा आशिंक क्षति पुगेको र ४० घर प्रभावित भएका छन् । डुबानमा परेको एवं क्षति पुगेका घरबाट सुरक्षित स्थानमा सामान स्थानान्तरण गरिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क्षति नहुने […] The post मनाङमा बाढीले चार घर भत्कायो, ४० घर प्रभावित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.