काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन्।पार्टीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उ प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए। 'प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो', उनले भने, 'अब प्