दाङ : दाङमा सिँचाइ कुलोबारे विवाद हुँदा गोली चलेको छ।तुलसीपुर उपमहानगरपालिका-८ अश्वारास्थित गहते खोलामा कुलोको विवाद भएपछि स्थानीय एक युवाले गोली चलाएका हुन्। वडा नं ८ चन्द्रगन्ज निवासी २५ वर्षीय पूर्ण बहादुर वलीले गोली चलाएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए।उनका अनुसार वलीले चलाएको गोली कसैलाई पनि लागेको छैन। उनले भने, ’वली भारततिर काम गर्ने र उतैबाट पेस्तोल ल्याएको बुझिएको छ। हामीले उनलाई पक्राउ गरिसकेका छौँ।’शुक्रबार दिउँसो सवा १२ बजेतिर