प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको हो ।केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युतीय कारोबारमा वृद्धि भएको हो । सो आवमा विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्यूआरमार्फत भुक्तानीलगायतको प्रयोगका साथै