काठमाडौं : जापानले आफ्नो देशको राजनीतिक नक्साभित्रका टापुहरुको संख्या पुनः गणना गरेको छ। ३५ वर्षअघि सन् १९८७ मा टापुको संख्या गणना गरेको जापानले पुनः गणना गर्दा देशमा दोब्बर बढी अर्थात् ७ हजार बढी टापु भेटाएको छ। जापानको जिओस्पेसियल इन्फरमेसन अथोरिटी जीएसआईले गरेको सूचना संकलनबाट जापानी क्षेत्रमा १४ हजार १ सय २५ टापु फेला परेका छन्। १९८७ मा कोस्ट गार्डले निकालेको तथ्यांकमा टापुको संख्या ६ हजार ८ सय ५२ थियो। जापानले आफ्नो नयाँ प्रविधिले जापानमा टापुको संख्या धेरै देखिए पनि देशको नक