महिलाले जन्माइन् शरीर जोडिएका दुई छोरी, सम्पर्कमा छैनन् आफन्त

२६ वैशाख, विराटनगर । कोशी अस्पताल विराटनगरमा शरिर जोडिएका जुम्ल्याहा बच्चा जन्मिएका छन् । सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी भगत चौधरीले शरीर जोडिएको जुम्ल्याहा बच्चा जन्माएकी हुन् । छातीदेखि पेटसम्मको भाग जोडिएका दुवै छोरीको जन्मिदाको तौल ३.४ किलोग्राम रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छात्तीदेखि माथि र पेटदेखि मुनिको भाग भने […]