विराटनगर : निरन्तरको वर्षाले सप्तकोशीमा पानीको सतह बढेको छ। केही दिनयता निरन्तर बढीरहेको कोशीको जलस्तर नाप्दा यस वर्षकै सबैभन्दा बढी रहेको पाइएको छ।जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले दिएको जानकारीअनुसार आइतबार बिहान ११ः४० को रिपोर्टले कोशीको जलस्तर २ लाख ३० हजार ५ सय ५५ क्युसेक देखाएको छ।कोशीको सतह ५ दशमलव २९ मिटर रहेको जानकारी पोखरेलले दिए। पछिल्लो मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ५७ हजार ७ सय ९० क्युसेक पुगेको छ। नदीको बहाव बढ