मुखै रसाउने जापानी परिकार

दोस्रो विश्वयुद्धपछि जापानका सहरमा भोकमरी लाग्यो । मानिसहरू खानाका लागि भौँतारिन थाले । यस्तो बेला एक सस्तो खाले खानेकुरा लोकप्रिय बन्यो, जसलाई ‘इस्सेन–योसोकु’ नाम दिइएको थियो । सहरका साना पसलमा बेच्न राखिने यो खानेकुरा धेरैजसो बच्चालाई खान दिइन्थ्यो । त्यसअघि सबैले बेवास्ता गरेको खाना युद्धपछि निकै लोकप्रिय बन्यो । कारण, स्थानीय रेस्टुरेन्टले यसलाई केही परिमार्जित गरी बनाउन थाले । उनीहरूले यसको नाम पनि इस्सेन योसोकुबाट ‘ओकोनोमियाकी’ मा बदले । सन् १९५० सम्म यो सबै वर्ग र उमेरका मानिसको प्रिय स्वाद बनिसकेको थियो । युद्धपछिको भोकमरी छल्न हिरोसिमावासीबाट उत्पत्ति भएको यो खानेकुरा अहिले निकै लोकप्रिय डिसको रूपमा चर्चित छ ।

सम्बन्धित सामग्री

अनौठो जापानी परिकार : सुन्दरीको काखीमा दलेको भातको डल्ला

ओनिगिरी अर्थात् त्रिकोणाकार भातको डल्ला चर्चित जापानी परिकार हो । हुुनत हामी नेपालीहरुको खानामा भातको अभिन्न हिस्सा छ । तर जापानीहरु भने भातको डल्लाको मामिलामा हामीले कल्पना पनि गर्न नसक्ने तहसम्म पुगेका छन् । वास्तवमा जापानमा …

लाजिम्पाटमा खुल्यो ‘इजाकाया’, जापानी परिकार पाइने

काठमाडौं । १७ वर्ष जापानमा व्यवसाय गरेर नेपाल फर्किएका अर्जुन अधिकारीले होटल ¥याडिसनको हातामा जापानी परिकार पाइने इजाकाया सञ्चालनमा ल्याएका छन् । सन् २०१७ देखि नेपालमा जापानिक खानाका परिकार पस्किने उद्देश्यले बुढानीलकण्ठमा रहेको पार्क भिलेज होटेलको हातामा होक्काइडो रामेन हाउस रेन्टुरेन्ट सञ्चालनमा लिएका अधिकारीले अहिले विभिन्न ठाउँमा ७ वटा रेस्टुरेन्ट सञ्चालन गरेका छन् । जापानीज […]