अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ। विभिन्न सञ्चारमाध्यममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उनको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो।