तीन वटा राजमार्ग पूर्णरुपमा बन्द : १३ वटा सडक एकतर्फी सञ्चालनमा

काठमाण्डौ – बाढी पहिरोका कारण तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।  विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी, चारआली, इलाम, फिदिम, गणेशचोक, ताप्लेजुङ, ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको छ । यस्तै तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट, माझीटार, अमरापुरडाँडा, गणेश चोकखण्ड पनि अवरुद्ध छ । कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर, इटहरी, धरा...