काठमाडौं । कांग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शुक्रबार भएको मतदानमा यादव गठबन्धनबाटै उम्मेदवारी दिनुभएकी जनमत पार्टीकी ममता झा र प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पछि पार्दै गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित हुनुभएको हो […]
काठमाडौँ – उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन्। उनले भनिन्,’राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ।’ आज बिहान १० बजेदेखि सुरु […]
काठमाडौं : सङ्घीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत दिउँसो १२ बजेसम्मको मतदानमा ६१० मत खसेको छ।सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो। निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य बोहरा, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।अपराह्न ३ बजेसम्म मतदानको समय
काठमाडौँ – दश दलीय सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न आज बैठक बस्ने भएको छ । हिजो बेलुकी बसेको गठबन्धनको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति नजुटेपछि आज फेरि बस्ने गरी बैठक सकिएको थियो । गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिको उम्मेदवार रहेका […]
काठमाडौं । नेपाली कांग्रेसले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठक उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुनेछ । चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार […]
जनमत पार्टीबाट सप्तरीको राजविराज नगरपालिकामा मेयरकी प्रत्याशी ममता झा उपराष्ट्रपतिमा उम्मेदवार बनेकी छिन् । उनले शनिबार उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । जनमत पार्टीबाट उम्मेदवारी दिएकी उनलाई नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक पार्टीले समर्थन गरेका छन् ।
२०७० सालमा साझा प्रकाशनका कर्मचारीले झालाई प्रवेश निषेध गर्दै आन्दोलन गरेका थिए । एक प्रतिवेदनले झा अध्यक्ष भएका बेला सरकारले साझाको केन्द्रीय भवन बनाउन दिएको रकम घोटाला भएको औँल्याएको थियो
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जनमत पार्टीकी सप्तरी इन्चार्ज ममता झा सम्मानित भएकी छन् । चन्द्रलोक प्रतिष्ठानले उनलाई ‘राष्ट्र नारी सम्मान-२०७९’ बाट सम्मान गरेको हो ।समाज र समुदायप्रति समर्पणको कदर गर्दै उनलाई सम्मान गरिएको …