रूखबाट लडेर गम्भीर घाइते भएका शिक्षकको हवाई उद्धार

गलकोट । रूखबाट लडेर गम्भीर घाइते भएका बागलुङको बडिगाड गाउँपालिका–८ पुरानो गाउँ किटानी माविका ५४ वर्षीय शिक्षक टकबहादुर काउछालाई हवाई उद्धार गरिएको छ । घर नजिकैको रूखमा तरकारी (इस्कुस) टिप्ने क्रममा लडेर घाइते भएका काउछालाई भीमगिठे स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणि कँडेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

भीरबाट लडेर गम्भीर घाइते भएका व्यक्तिको हवाई उद्धार

काठमाडौँ। बुधबार भीरबाट लडेर गम्भीर घाइते भएका जाजरकोट भेरी नगरपालिका-४ का एक व्यक्तिलाई हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ । उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत पुर्‍याइएको हो।

सडक दर्घटनामा परेर घाइते भएका व्यक्तिको हवाई उद्धार

काठमाडौँ। रुकुम पश्चिम चौरजहारीमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका एक व्यक्तिलाई हवाई उद्धार गरी कोहलपुर पुर्‍याइएको छ । चौरजहारी -९ का स्थानीयलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत कोहलपुर (बाँके) पुर्‍याइएको नेपाली सेनाले जनाएको छ।

गम्भीर घाइतेको हवाई उद्धार

रूखबाट लडेर गम्भीर घाइते भएका बागलुङको बडिगाड गाउँपालिका–८ पुरानो गाउँ किटानी माविका ५४ वर्षीय शिक्षक टकबहादुर काउछालाई हवाई उद्धार गरिएको छ।

बागलुङ दुर्घटनाका घाइतेको हवाई उद्धार

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–१ मा आज दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।