बलिउड अभिनेत्री कंगना रनावतले ट्विटरमा निकै कडा पोस्टहरू गर्ने गरेकोमा ट्विटरले मंगलवार उनको अकाउन्ट सस्पेन्ड गरेको छ ।
पश्चिम बंगालको विधानसभा निर्वाचनपछि ममता बनर्जीलाई ताडका राक्षसी भनी आलोचना गरेपछि ट्विटरले कंगनामाथि यो कारवाही गरेको विश्वास गरिएको छ ।
कंगनाले ममताका विरुद्ध लगातार ट्वीट गरिरहेकी थिइन् र बंगालमा राष्ट्रपति शासन लगाउन माग गरेकी थिइन् ।
अकाउन्ट सस्पेन्ड भएपछि कंगनाले बयान दिइन्, ‘ट्विटर बनाउनेहरू अमेरिकी हुन् र गोरा मान्छेले खैरा मान्छेलाई दास बनाउने जन्मसिद्ध अधिकार ...