विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकलाई आग्रह गर्नुभएको छ। नेपाल प्राध्यापक संघका पदाधिकारीसँग सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताउनुभयो।

सम्बन्धित सामग्री

विश्वविद्यालयमा हडताल नगर्न प्राध्यापकलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौ‌ं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापकहरूलाई विश्वविद्यालयमा हडताल बन्द गर्न आग्रह गरेका छन् । बुधबार बिहान मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री पौडेलले स–साना कुरामा विश्वविद्यालयमा हडताल नगर्न आग्रह गरेका हुन् ।  “लोकतान्त्रिक मर्यादाअनुरूप माग प्रस्तुत गर्न पाइन्छ,” उनले भने, “लामो समयसम्म पढाइ अवरुद्ध हुनेगरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्‍यो ।...